मानब  बेचबिखनको बदलिदो स्वोरुप, आध्यात्मिक विश्वविद्यालयको नाममा खोलिएका आश्रम  

भारतको नयाँ दिल्लीको एक आश्रममा  महिला हिंसा भएको भन्दै  उक्त आश्रममा नेपाली महिला तथा बालिका भए नभएको छानविन गर्न भारत स्थित नेपाली राजदुतावासलाई ध्यानकर्षण गराईएको  छ ।

विगत १० बर्षदेखि मानव बेचबिखन र लैिङ्गक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको सामाजिक संस्था के.आई. नेपालले  महिला हिंसा भएको भन्दै यस्तो  ध्यानकर्षण गराएको हो  ।

भारतको दिल्लीमा आध्यात्मिक विश्वविद्यालयको नाममा खोलिएको आश्रममा दिल्ली हाईकोर्टको निगरानी र दिल्ली महिला आयोगको जाँचमा महिला तथा बालिकामाथि हिंसा भएको खुलासा हुन पुगेको  के.आई. नेपालको दाबी छ ।

उक्त आश्रममा नेपाली महिला तथा बालिका पनि रहेको हुनसक्ने भन्ने समाचार विभिन्न भारतीय संचारमाध्यमबाट प्रकाशित भइरहेको हुनाले नेपाली राजदुतावास, दिल्ली महिला आयोग र विभिन्न संघसंस्थाहले गरेको निगरानीको क्रममा आश्रममा हिंसा प्रभावित सयौं महिला हुन सक्ने जानकारी दिल्ली महिला आयोग प्रमुख स्वाती मलिवालले बताईन् ।

के. आई. नेपालले उक्त आश्रममा नेपाली महिला तथा बालिका छन् या छैनन् भन्ने विषयमा उद्धारको लागि आफ्नो प्रयास जारी राख्ने र यदि नेपाली महिला तथा बालिका फेला परेमा के.आई. नेपालले उनीहरुको उद्धार, पुनस्र्थापना र पुनःएकिकरण कार्य गर्न तत्पर रहेको जानकारी के.आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए ।

विगत केही समय अगाडि भारतको विभिन्न ठाउँहरुबाट नेपाली राजदुतावास, दिल्ली महिला आयोग र विभिन्न संघसंस्थाहरुको सहयोगमा महिला तथा बालबालिकाहरुको उद्धार गरी पुनर्स्थापना र पुनर्मिलन गराउन प्रभावकारी रुपमा क्रियाशिल रहदै आईरहेको संस्था के.आई नेपालले २ महिलालाई परिवारमा पुनर्मिलन गराएको, १ महिलालाई सुरक्षित आवास गृहमा पुनर्स्थापना गराई सीप प्रदान गराउन सफल भएको छ ।