के आई नेपालको मोवाइल एप: मानव बेचबिखन रोकथाममा अत्यन्त प्रभावकारी प्रविधि

मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १० वर्षदेखि कार्य गर्दै आईरहेको संस्था के आई नेपालले सूचना सम्प्रेषण, उद्धार परामर्श तथा सीमा निगरानिको क्रममा विभिन्न उद्धेश्यले भारत लगायत कामको खोजीमा तेस्रो मुलुकसम्म जाने र विभिन्न बहानामा ललाई पकाई सीमा पार गराउन खोज्ने व्यक्तिको र जाने व्यक्तिको सम्पूर्ण जानकारी सहितको रेकर्ड राख्न मिल्ने मोवाइल एपको निर्माण गरेको छ । विगत १ वर्ष अगाडिवाट उपयोगमा ल्याएको उक्त एप शाखा कार्यालय मार्फत सीमा निगरानीको क्रममा एपमा रहेको फर्ममा सीमा पार गर्ने महिला तथा बालबालिकाको सम्पूर्ण जानकारीे, साथमा रहेको कागजात, प्रमाणीत गर्ने निकाय, जाने व्यक्तिको ठेगाना, लाने व्यक्तिसंगको सम्वन्ध, जाने ठाउँको विवरण, के का लागि कहाँ जाने भन्ने सम्पूर्ण विवरण फर्ममा उल्लेख गर्नु पर्नै विशेषता रहेकोले बेचबिखनमा पर्न सक्ने संभावना रहेका महिला तथा बालबालिकाको सत्यतथ्य जानकारी प्राप्त भएको र बेचबिखनको जोखिममा परेकाहरुको उद्धार गरी पिडितलाई न्याय दिन र दोषीलाई कारवाही गर्न सहज भएको उक्त App २०१७ मा परिक्षणको रुपमा प्रयोग गरिएको र २०१८ जनवरीबाट पूर्णरुपमा लागु गरी अघि बढ्ने के आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो । KI Nepal नाममा रहेको उक्त एप Androids वा Apple Device मा Play store मार्फत डाउनलोड गर्न सकिने र महिला तथा बालबालिका हराएको जानकारी Alert मार्फत दिन मिल्ने हुनाले जो सुकैले के आई नेपाललाई जानकारी दिने र उक्त सूचना पश्चात हराएकाहरुको खोजी गर्न सहयोग पुग्ने भएकोले मोवाइल एप अत्यन्त प्रभावकारी रहेको छ ।

 

 

 

 

 

 

 

aaमानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १० वर्षदेखि कार्य गर्दै आईरहेको संस्था के. आई. नेपालले सूचना सम्प्रेषण, उद्धार परामर्श तथा सीमा निगरानिको क्रममा विभिन्न उद्धेश्यले भारत लगायत कामको खोजीमा तेस्रो मुलुकसम्म जाने र विभिन्न बहानामा ललाई पकाई सीमा पार गराउन खोज्ने व्यक्तिको र जाने व्यक्तिको सम्पूर्ण जानकारी सहितको रेकर्ड राख्न मिल्ने मोवाइल एपको निर्माण गरेको छ । विगत १ वर्ष अगाडिवाट उपयोगमा ल्याएको उक्त एप शाखा कार्यालय मार्फत सीमा निगरानीको क्रममा एपमा रहेको फर्ममा सीमा पार गर्ने महिला तथा बालबालिकाको सम्पूर्ण जानकारीे, साथमा रहेको कागजात, प्रमाणीत गर्ने निकाय, जाने व्यक्तिको ठेगाना, लाने व्यक्तिसंगको सम्वन्ध, जाने ठाउँको विवरण, के का लागि कहाँ जाने भन्ने सम्पूर्ण विवरण फर्ममा उल्लेख गर्नु पर्नै विशेषता रहेकोले बेचबिखनमा पर्न सक्ने संभावना रहेका महिला तथा बालबालिकाको सत्यतथ्य जानकारी प्राप्त भएको र बेचबिखनको जोखिममा परेकाहरुको उद्धार गरी पिडितलाई न्याय दिन र दोषीलाई कारवाही गर्न सहज भएको उक्त App २०१७ मा परिक्षणको रुपमा प्रयोग गरिएको र २०१८ जनवरीबाट पूर्णरुपमा लागु गरी अघि बढ्ने के.आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो । K.I. Nepal नाममा रहेको उक्त एप Androids वा Apple Device मा Play store मार्फत डाउनलोड गर्न सकिने र महिला तथा बालबालिका हराएको जानकारी Alert मार्फत दिन मिल्ने हुनाले जो सुकैले के आई नेपाललाई जानकारी दिने र उक्त सूचना पश्चात हराएकाहरुको खोजी गर्न सहयोग पुग्ने भएकोले मोवाइल एप अत्यन्त प्रभावकारी रहेको छ ।