के.आई नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

मानब बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १० वर्ष देखि कार्य गर्दै आइरहेको संस्था के.आई नेपालले हरेक वर्ष झै यस वर्ष पनि केन्द्रीय कार्यलय र शाखा कार्यालय चितवन, विरगंज, कपिलवस्तु, रुपन्देही, नेपालगंज, विराटनगर र नवलपरासी मार्फत विविध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ ।
नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म चलेको १६ दिने अभियानमा केन्द्रीय कार्यालय ललितपुर र विभिन्न शाखा कार्यालय मार्फत सचेतनामुलक स्कुल शिक्षा कार्यक्रमवाट १५ सय भन्दा बढी विद्यार्थीहरुलाई मानव बेचबिखन तथा लैङ्गिक हिंसा, लागु पदार्थ र यसका असरहरुको वारेमा सचेतिकरण गरिएको थियो साथै “लैङ्गिक हिंसा अन्त्यको लागि युवाको भुमिका” शीर्षकमा अन्तरविद्यालय निवन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । समुदायका व्यक्तिहरुलाई लैङ्गिक हिंसा विरुद्ध सचेतिकरण गर्नृे क्रममा घरदैलो कार्यक्रम साथै महिला र पुरुषबीच लैङ्गिक हिंसा अन्त्यमा पुरुषको भुमिका कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरक्रिया गरी समुदायका व्यक्तिहरुले अबको दिनमा संगसंगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त अन्तत्र्रिmयात्मक कार्यक्रमवाट समुदायका १००० भन्दा बढी महिला तथा पुरुष सचेत भएका छन् ।
भारत जाने तथा नेपाल भित्र चल्ने लामो तथा छोटो दुरीका बसहरुमा सचेतनामुलक स्टीकर टाँस्ने, स्थानीय रिक्साचालकहरुसंग लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम साथै नेपाल भारत सीमानाकामा लैङ्गिक हिंसा विरुद्ध प्रतिवद्धतामुलक हस्ताक्षर अभियान संचालनका कार्यक्रमहरु पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा गरीएका कार्यक्रमहरु रहेका थिए ।
समुदायका व्यक्तिहरुलाई लैङ्गिक हिंसा मुक्त समाज निमार्णको अभियानमा एकजुट भई लाग्न प्रेरित गर्दै सचेत बनाउने कार्यमा के.आई नेपालले आयोजना गरेको कार्यक्रमहरु सान्दर्भीक तथा उपलव्धिपुर्ण रहेको र उक्त समुदायमा संचालित कार्यक्रमहरुवाट प्रत्यक्ष तथा अप्रत्क्ष रुपमा हजारौ व्यक्तिहरु लैङ्गिक हिंसाको बारेमा सचेत भएको जानकारी के.आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भटराईले बताउनुभएको छ ।
यसै गरी के.आई नेपाल ललितपुरले ६९ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा ९औं राष्ट्रिय महाभेला १० डिसेम्वर २०१७ को अवसरमा काठमाडौंको भद्रकालिवाट राष्ट्रिय मानव अधिकार आयोग द्धारा आयोजना गरीएको बृहत प्रभातफेरी कार्यक्रममा सहभागिता जनाएको थियो । उक्त कार्यक्रममा के आई नेपालको तर्फवाट संस्थाको अध्यक्ष श्री प्रभा घिमिरेले लैङ्गिक हिंसा र मानव अधिकारको बारेमा शशक्त रुपमा क्रियाशिल रहने धारणा व्यक्त गर्नुभएको थियो ।