साप्ताहिक रुपमा विविध कार्यक्रमका गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवस सम्पन्न

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवस “संघियताको महत्वपूर्ण सार, मानव बेचबिखन अन्त्यको लागि जिम्मेवारी र सहकार्य सहित गरौं खबरदार” भन्ने नाराका साथ मनाइएको छ । के.आई.नेपालले साप्ताहिक रुपमा विविध कार्यक्रमहरु आयोजना गरी मानव बेचबिखन विरुद्घ समुदायका करीब १०,००० व्यक्तिहरुलाई सचेत गराएको छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमार्पmत मानव बेचबिखन विरुद्घमा सचेतनामूलक विद्यालयस्तरीय सचेतनामुलक कार्यक्रम, सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम, जनचेतनामूलक घरदैलो तथा लिफलेट वितरण कार्यक्रम, सचेतनामूलक तीज गीत प्रतियोगिता, सडक नाटक, मानव बेचबिखन विरुद्घ हस्ताक्षर कार्यक्रम, बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । सरकारी, गैरसरकारी तथा समुदायका व्यक्तिहरुको प्रत्यक्ष सहभागीतामा सम्पन्न उक्त कार्यक्रमहरुले समुदायमा मानव बेचबिखन न्यूनिकरण गर्नमा सहयोग पुग्ने धारणा के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईको रहेको छ ।
समुदायमा संचालन गरिएको विद्यालयस्तरीय सचेतनामुलक कार्यक्रमले माध्यमिक तहमा अध्ययनरत किशोर किशोरीहरुलाई मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्घ सचेत बनाउने कार्यमा महत्वपूर्ण भूमिका रहेको र विद्यालयस्तरमा किशोर किशोरीहरुलाई सचेतना अभिवृद्घि गर्नका लागि विद्यालयस्तरीय सचेतनामुलक कार्यक्रम आवश्यक रहेको कुरा सम्बन्धित विद्यालयका विधार्थी तथा शिक्षकहरुले व्यक्त गरेका थिए ।
मानव बेचबिखन विरुद्घ सहयोग गर्ने प्रतिवद्घता सहितको हस्ताक्षर कार्यक्रममा नेपाल प्रहरी, ससस्त्र प्रहरी, भारतीय सीमा सुरक्षा बल( एस.एस.वी) लगायतले हामी सदैव मानव बेचबिखन विरुद्घ सहयोग गर्न प्रतिवद्घ रहेको र आगामी दिनमा समेत के.आई.नेपालसँगको सहकार्यमा अगाडि बढ्ने धारणा व्यक्त गर्दै हस्ताक्षर सहितको प्रतिवद्घता व्यक्त गरेका छन् ।
हरेक बर्ष ५०० भन्दा बढी महिला तथा बालिकाको उद्धार गरिरहेको यस संस्थाले विभिन्न मुलुक लगायत भारतको नयाँ दिल्ली, मूम्वई र अन्य स्थानहरुबाट समेत महिला तथा बालिकाको उद्धार गरी घर फिर्ती तथा समुदायमा पुनर्मिलन गर्दै आइरहेको छ । यस संस्थाले सन् २०१८ को हालसम्मको अवधिमा ५९ महिला तथा ८ बालकको उद्धार गरी परिवारमा पुनर्मिलन गराउन सफल भएको छ ।
के.आई.नेपालले विगत १० वर्षदेखि नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालबालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्दत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने, तथा समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेकोे छ ।